मकवानपुरगढीमा यहि १३ र १४ गते कोरोना विरुद्धको खोप लगाइने


११ बैशाख , मक्रान्चुली- मकवानपुरगढीमा यहि बैशाख १३ र १४ गते कोरोना विरुद्धको खोप लगाउन लागिएको छ ।

हालसम्म कोरोना विरुद्धको कुनै पनी खोप नलगाएका मकवानपुरगढी गाउँपालिकामा बसोबास गर्ने १८ वर्ष माथि उमेर भएका सबैलाई खोपको पहिलो मात्राको खोप लगाइनेछ । त्यस्तै पहिलो र दोस्रो खोप लगाई समय पुगेकालाई दोस्रो तथा अतिरिक्त मात्रा खोप लगाउन लागिएको गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले बताउनु भएको छ ।

मकवानपुरगढी गाउँपालिकाको ८ ओटै वडाका स्वास्थ्य संस्थाहरुबाट खोप लगाइने हुँदा आफुलाई पाएक पर्ने स्वास्थ्य संस्थाबाट खोप लगाउन तथा खोप लगाउन आउँदा उमेर खुल्ने परिचयपत्र वा यस अघि लगाएको खोप कार्ड लिएर आउन समेत गाउँपालिकाले सबैमा अनुरोध गरेको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य