कांग्रेसले टुङ्यायो मकवानपुरका पालिकाका अध्यक्ष र उपाध्यक्षका उमेदवार


११ बैशाख , मकवानपुर – नेपाली कांग्रेस मकवानपुरले मकवानपुरको गाउँपालिकाहरुको अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरू टुङ्गो लगाएको छ ।

कांग्रेसले ५ दलिय गठबन्धनमा आफ्नो भागमा परेका अध्यक्ष र उपाध्यक्षहरुको उम्मेदवार आइतबार साँझ टुंग्याएको हो । हेटौंडा र थाहा नगरको उपमेयरको नाम भने टुंगिन बाँकी रहेको जनाइएको छ । तर बकैया कांग्रेस गाउँसमितिले भने पत्रकार सम्मेलन गर्दै आज नै गठबन्धनबाट बकैयामा कांग्रेस अलग भएको घोषणा गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षका उम्मेदवारहरु:
१) बकैया गापा अध्यक्षः धर्मराज लामिछाने 
२) मकवानपुर गढी गापा अध्यक्षः दोर्जे लामा स्याङतान
३) कैलाश गापा अध्यक्षः लोकबहादुर मुक्तान
४) राक्सीराङ गापा अध्यक्षः राजकुमार मल्ल
५) मनहरी गापा अध्यक्षः रञ्जन कालाखेती
६) बागमती गापा उपाध्यक्षः फणिन्द्र तिमल्सिना
७) भीमफेदी गापा उपाध्यक्षः मोमलाल दोङ
८) ईन्द्रशरोबर गापा उपाध्यक्षः निर्मला रुम्बा

बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार