मकवानपुरगढीमा एमालेले आज उम्मेद्बारी दर्ता गर्ने


१२ बैशाख ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा नेकपा एमालेले आज उमेदवारहरुको मनोनय दर्ता गर्ने भएको छ । आज दिनको १२ बजे र्याली सहित उम्मेद्बारको मनोनयन दर्ताका लागि सबै उमेदवार सहित निर्वाचन अधिकृतको कार्यालय मक्रान्चुलीमा जाने एमालेले जनाएको छ ।

एमालेले मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा विदुर हुमागाँई र उपाध्यक्षमा सन्त कुमारी थिङलाई उम्मेदवार बनाएको छ । साथै एमाले मकवानपुरगढीले आठ वटै वडामा आफ्नो उम्मेदवारहरु टुंगो लगाईसकेको छ ।

जस अनुसार वडा नंम्बर १ को वडा अध्यक्षमा गोपाल लुङ्वा , वडा नंम्बर २ मा सन्त बहादुर सिंगर , वडा नंम्बर ३ मा भागवत घिमिरेलाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै वडा नंम्बर ४ मा अर्जुन तिमलसिना , वडा नंम्बर ५ मा जित बहादुर घिमिरे , वडा नंम्बर ६ मा टिका प्रसाद दाहाल , वडा नंम्बर ७ मा एक्का बहादुर गोले र वडा नंम्बर ८ मा विनोद पुडासैनीलाई उम्मेदवारी बनाएको एमाले मकवानपुरगढीले जनाएको छ ।

मुख्य समाचार राजनीति समाचार