कांग्रेस मकवानपुरगढीमा असन्तुष्टि,७ नम्बर बडाका युवाहरुद्वारा कांग्रेस परित्यागको घोषणा


१२ बैशाख,मक्रान्चुली- उमेदवार मनोनयनको तयारी हुँदै गर्दा काङ्ग्रेस मकवानपुरगढीमा असन्तुष्टि बढेको छ । वडा नम्बर ७ का केही युवाहरूले पार्टी परित्यागको घोषणा गरेका छन् ।

कार्यकर्ताको पिडा मर्का र जनताको भावनालाई नबुझी नेपाली काङ्ग्रेसको जिल्ला स्तरबाट जनभावना विपरीत पेलेर गएको उनीहरुको आरोप छ । उनीहरुले अब नेपाली काङ्ग्रेसको कुनै पनि भातृसंगठन र पार्टीको साधारण सदस्य समेत नरहने गरि अब कुनै जिम्मेवारीमा नरहने गरि वडा कार्यसमितिको पदाधिकारीहरुले अब सामुहिक राजिनामा दिने सर्वसहमतिले निर्णय गरिएको बताएका छन् ।

राजीनामाको घोषणा गर्नेमा प्रतिमान रुम्बा ,सुर्य बहदुर बि क ,अक्कल बहदुर दोङ ,लाल बहादुर थिङ ,स्याम कुमार तितुङ ,यम रत्न भुलुन ,झलक बहादुर लो ,प्रकाश योन्जन ,सुन राज स्याङ्तान ,गनेश मान थिङ,धन बहादुर थिङ लागायतका रहेको सोही मध्येका अक्कल बहादुर दोङले सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन् । दोङले पोस्ट गरेको सामाग्री प्रतिमान रुम्बाले शेयर गरेका छन् ।

मुख्य समाचार राजनीति स्थानीय