हेटौंडाका १२ वटा वडाका तीन दर्जन सहकारीको अनुगमन

हेटौंडा उपमहानगरपालिकाले यहाँका सहकारी संस्थाहरुलाई व्यवस्थित बनाउने अभियान अनुसार अनुगमनको कामलाई तिब्रता दिइएको उपमहानगरपालिका सहकारी साखाका प्रमुख हिम प्रसाद पौडेलले बताउनुभयो ।

स्थानीय सरकार मातहत रहेका सहकारी संस्थाहरुलाई नियमन गर्ने काम भइरहेको छ । सहकारीमा करोडौ रुपैयाँ लगानी रहेको र आम नागरिकले बचत गरेको रकम सुरक्षित गर्नका लागि यसलाई व्यविस्थित बनाउनका लागि काम थालिएको हो ।

हेटौंडा उपमहानगरपालिका मातहत २ सय २१ वटा सहकारी संस्थाहरु रहेका छन् । यी सहकारी संस्थाहरुमा नगरवासीहरुको करोडौं रुपैयाँ रहेको छ । यसमा भएको बचत, लगानी र पारदर्सीताका विषयमा अनुगमनका कामलाई तिब्रता दिइएको मेयर महतले बताउनुभयो ।

सहकारीका बदमासीका बिषयमा उजुरी नपरेपनि नियमन गर्ने निकाय उपमहानगरपालिका भएकाले यसलाई थप व्यवस्थित गराउनका लागि लागिएको उहाँले बताउनुभयो ।

असोजमै साधारणसभा गर्नुपर्ने यहाँका २ सय २१ वटा सहकारी संस्थाहरुले पुस मसान्त सम्ममा ९३ वटा सहकारीहरुले मात्र साधारण सभाको काम सकेका थिए । पछी अनुगमनको कामले निरन्तर्ता पाएपछी धेरैले साधारणसभा पनि गरेका छन् । सबैलाई समयमानै साधारणसभा गर्नका लागि ताकेता गरेपछी साधारणसभा भएको हो ।

एक जना व्यक्ति अहिले हेटौंडाका एक भन्दा धेरै सहकारीमा सदस्य रहेका छन् । अब एक व्यक्ति एक सहकारीमा मात्र आबद्ध गर्नका लागि अभियान पनि थालिएको छ । एउटा सहकारीमा पदाधिकारी रहेको व्यक्ति अर्को सहकारीमा पनि पदाधिकारी नरहेको भनेको ८४ वटा सहकारी संस्था रहेको पाइएको छ । सहकारीहरुले पठाएको विवरण अनुसार मात्र यस्तो पाइएको हो ।

हेटौंडाका बिभीन्न वडामा अनुगमनको कामलाई तिब्रता दिइएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा आर्थिक पारदर्सीता, लगानीको व्याजदर, लगानीका क्षेत्र, कानूनको पालनाका क्षेत्रमा कसरी काम भइरहेको छ भन्ने विषयमा केन्द्रीत रहेर काम गरिएको पौडेलले बताउनुभयो ।

समाज सहकारी