मकवानपुरगढीमा साँझ ८:३० बजेसम्म सय जनाको उम्मेद्बारी


१२ बैशाख , मक्रान्चुली – मकवानपुरगढीमा आज साँझ ८:३० बजेसम्म सय जना उम्मेद्बारको मनोनयन दर्ता भएको छ । यो संख्या गाउँपालिकाको अध्यक्ष , उपाध्यक्ष, वडा अध्यक्ष लगायत सदस्यहरु सहितको हो ।

गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षसहित वडा अध्यक्ष तथा सदस्यहरुमा उम्मेद्वारी दर्ता गराएको छ । एमालेबाट अध्यक्षमा विदुर हुँमागाई र उपाध्यक्षमा सन्तु थिङ्गले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार मकवानपुगढी–३ स्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर हुँमागाईंले अध्यक्षमा र थिङ्गले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन । त्यस्तै गाउँपालिकाको आठ वटै वडाका वडाध्यक्ष र वडासदस्यहरुको उम्मेदवारी दर्ता भएको छ ।

वडा नं.१ को वडाध्यक्षमा गोपाल लुङ्बा, २ को वडाध्यक्षमा सन्त बहादुर सिंगार, ३ को वडाध्यक्षमा भागवत घिमिरे, ४ को वडाध्यक्षमा अर्जुन तिमल्सिना, ५ को वडाध्यक्षमा जित वहादुर घिमिरे, ६ को वडाध्यक्षमा टिका प्रसाद दहाल, ७ को वडाध्यक्षमा एक्का बहादुर गोले र ८ वडाध्यक्षमा बिनोद पुडासैनीको उम्मेदवारी दर्ता भएको मकवानपुगढी गाउँ कमिटी अध्यक्ष रामजि सापकोटाले जानकारी दिएका छन् ।

यस्तै काँग्रेसबाट अध्यक्ष पदमा दोर्जे लामा स्याङतानले उम्मेदवारी दर्ता गराएका छन्। सोमबार नेता तथा कार्यकर्ता सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढी ३ मक्रान्चुलीमा पुगेर स्याङतानले अध्यक्षमा मनोनयन दर्ता गराएका हुन्। यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकी मानकुमारी नेपाली (पाख्रीन) ले मनोनयन दर्ता गराएकी छन् । ८ ओटै वडाहरुमा माओवादीका उमेदवारले मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको ३ नम्बर वडा बाहेक सबै वडाहरुमा वडाध्यक्ष सहित सदस्यहरुमा उम्मेद्बारी दिएको बुझिएको छ । नेकपा एकीकृत समाजवादीबाट ३ नम्बर वडामा पार्टी अध्यक्ष अर्जुनप्रसाद दाहालले वडा अध्यक्षमा उम्मेद्बारी दिएका छन् । प्रायः सबै वडाहरुमा स्वतन्त्र उम्मेद्बारी पनि परेको छ । उम्मेद्बारको मनोनयन दर्ता गर्ने क्रम जारी रहेकाले जम्मा संख्याको टुङ्गो लाग्न भने बाँकी नै रहेको छ ।

मुख्य समाचार राजनीति समाचार