सापकोटालाई नहटाउन उच्च अदालतको आदेश

१५ बैशाख , हेटौंडा – बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लभ सापकोटालाई साबिक बमोजिम काम गर्न दिनु भन्दै उच्च अदालत पाटन हेटौँडा इजलाशले बागमती प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता दिँदै उच्च अदालतले सापकोटालाई पदमै रहेर काम गर्न आदेश गरेको हो । उच्च अदालत पाटन हेटौँडा इजलाशका न्यायधिश मुहम्मद साबीर हुसेन र राजेश्वर तिवारीको संयुक्त इजलाशले निबेदकलाई आधार कारण नै उल्लेख नगरी सरकारले पदबाट हटाएको निष्कर्ष सहित अन्तरिम आदेश जारी गरेको हो ।

निबेदकका तर्फबाट अधिबक्ताहरु ध्रुब प्रसाद चौलागाई, मदन दाहाल, मन प्रसाद भट्टराई र बालकृष्ण अधिकारीले बहस गरेका थिए । प्रदेश सरकारका तर्फबाट मुख्य न्यायधिबक्ता श्याम नारायण श्रेष्ठ र बोर्डका तर्फबाट कृष्ण प्रसाद भट्टराईले बहस गरेका थिए । जनपत्रबाट

मुख्य समाचार राजनीति समाज