मकवानपुरगढीमा ४१ पदका लागि १३३ जना चुनावी मैदानमा


१७ बैशाख , मक्रान्चुली- ३० बैशाखमा हुन लागेको स्थानीय निर्वाचनका लागि मकवानपुरगढी गाउँपालिकामा ४१ पदका लागि १३३ जना बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

अध्यक्ष, उपाध्यक्ष ,वडा अध्यक्ष र सदस्यहरू सहित ८ ओटा वडामा जम्मा ४२ पद हुनेमा एकजना उमेदवार निर्विरोध निर्वाचित भैसकेका छन् । निर्विरोध निर्वाचित हुनेमा वडा नम्बर ७ बाट दलित महिला कोटामा एमालेकी तिर्थ कुमारी ल्वागुन रहेको निर्वाचन अधिकृतको कार्यालय मक्रान्चुलीका निर्वाचन अधिकृत नारन प्रसाद पोखरेलले बताएका छन् ।

पालिकाको अध्यक्ष पदका लागि ६ जना बिच प्रतिस्पर्धा हुने भएको छ । एमालेबाट बिदुर हुमागाई,कांग्रेस (गठबन्धन) बाट दोर्जे लामा स्याङ्तान , राप्रपा बाट विजय सिंह ठकुरी चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी मंगोल नेशनल अर्गनाइजेसनबाट युवराज लामा र स्वतन्त्रबाट कृष्ण प्रसाद कंडेल र नवराज तिमल्सिना पनि अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् ।

यस्तै उपाध्यक्ष पदका लागि माओवादी (गठबन्धन) बाट मानकुमारी पाख्रीन (नेपाली ) , एमालेबाट सन्तु थिङ र राप्रपाबाट हिरादेवी हुमागाई बिच प्रतिस्पर्धा हुने भएको छ ।

यसैगरी १ नम्बर वडामा वडा अध्यक्षका लागि ४ जना बिच प्रतिस्पर्धा हुने भएको छ । त्यहाँ कांग्रेसबाट निवर्तमान वडा अध्यक्ष आइत सिंह लो , एमालेबाट गोपाल लुङ्वा , मंगोल नेशनल अर्गनाइजेसनबाट दिनेश कुमार स्याङ्तान र माओवादीबाट विजय थिङ उमेदवार रहेका छन् ।

वडा नम्बर २ मा पनि वडा अध्यक्षका लागि ४ जनाको उम्मेद्बारी कायम भएको छ । कांग्रेसबाट निवर्तमान वडा अध्यक्ष बखान सिंह पाख्रीन , एमालेबाट सन्त बहादुर सिँगार , माओवादीबाट जित बहादुर लामा र राप्रपाबाट दल बहादुर गोले बिच प्रतिस्पर्धा हुनेछ ।

यस्तै वडा नम्बर ३ को वडा अध्यक्षमा २ जना बिच प्रतिस्पर्धा हुने भएको छ । एमालेबाट निवर्तमान वडा अध्यक्ष भागवत घिमिरे र एकीकृत समाजवादी (गठबन्धन) बाट अर्जुन प्रसाद दाहाल चुनावी मैदानमा छन् ।

वडा नम्बर ४ को वडा अध्यक्षमा ४ जना उमेदवार बिच प्रतिस्पर्धा हुन लागेको छ । एमालेका अर्जुन प्रसाद तिमल्सिना , कांग्रेसका देवनारायण लामिछाने , माओवादीका हेम बहादुर योन्जन र जसपाका राम बहादुर गोले चुनावी प्रतिस्पर्धामा छन् ।

उता वडा नम्बर ५ मा वडा अध्यक्षका लागि ४ जना चुनावी मैदानमा छन् । त्यहाँ एमालेबाट निवर्तमान वडा अध्यक्ष जित बहादुर घिमिरे , कांग्रेसका दिपेश दाहाल , माओवादीका रत्न प्रसाद तिमल्सिना र राप्रपाका जयराम तिमल्सिना बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै वडा नम्बर ६ मा पनि वडा अध्यक्षका लागि ४ जना बिच प्रतिस्पर्धा हुने भएको छ । एमालेबाट निवर्तमान वडा अध्यक्ष टीका प्रसाद दाहाल , माओवादीबाट अम्मर बहादुर मल्ल , कांग्रेसबाट कृष्ण प्रसाद बजगाई र स्वतन्त्र उमेदवार सन्तोष पाठक रहेका छन् ।

वडा नम्बर ७ मा वडा अध्यक्षका लागि ७ जना उमेदवार बिच प्रतिस्पर्धा हुन लागेको छ । कांग्रेसबाट निवर्तमान वडा अध्यक्ष सुर्य बहादुर रुम्बा , एमालेबाट एकबहादुर गोले , माओवादीबाट चन्द्र बहादुर योन्जन , राप्रपाबाट हरिप्रसाद घिमिरे र एकीकृत समाजवादीबाट सानुकान्छा मुक्तान प्रतिस्पर्धामा छन् । यस्तै स्वतन्त्रबाट जय बहादुर घलान र प्रकाश योन्जन पनि वडा अध्यक्षका उमेदवार हुन् ।

यस्तै वडा नम्बर ८ मा वडा अध्यक्षको लागि कांग्रेसबाट निवर्तमान वडा अध्यक्ष कुमार सिं घिसिङ , एमालेबाट विनोद पुडासैनी र माओवादीबाट गुन्जरत्न लुङ्वा बिच चुनावी प्रतिस्पर्धा हुन लागेको छ ।

यसैगरी ८ ओटै वडामा सदस्यहरु बिच पनि चुनावी प्रतिस्पर्धा हुन लागेको छ । ४२ पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरि १ सय ४५ जनाको उम्मेद्बारी परेकोमा ११ जनाले भने उम्मेद्बारी फिर्ता लिएको निर्वाचन अधिकृत पोखरेलले बताए । अध्यक्ष , उपाध्यक्ष पदमा सत्ता गठबन्धन र एमाले बिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । ३ नम्बर वडा बाहेक अन्य वडाहरुमा गठबन्धन दलहरु नै एक आपसमा प्रतिस्पर्धामा रहेका छन् ।

मुख्य समाचार राजनीति समाचार स्थानीय