एमाले मकवानपुरद्वारा हेटौंडा र गढीका बागी उम्मेदवारी दिनेलाई कारवाही

हेटौंडा। नेकपा एमाले मकवानपुरले आसन्न स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारे दिने केही बागी उम्मेदवारलाई कारवाही गरेको छ।

पार्टीको संगठित सदस्य हुँदाहुँदै जिल्लाको विभिन्न स्थानीय तहमा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएका र फिर्ता लिन आग्रह गर्दा समेत उम्मेदवारी फिर्ता  नलिनेलाई कारवाही गरिएको हो ।

पार्टीको निर्णय विरुद्ध उम्मेदवारी दिने मकवानपुरगढी गाउँपालिकाका कृष्ण कंडेल,हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का विशालराज महत,वडा नम्बर ११ का अक्कलबहादुर क्षेत्री, हेटौंडा १९ का रत्नबहादुर व्लोन र रमेश पौडेललाई पार्टीले कारवाही गरेको हो ।

एमाले मकवानपुरले उम्मेदवारहरूको
प्रस्तावक तथा समर्थकबन्नेलाई समेत पार्टीको विधान  अनुसार पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिएको नेकपा एमाले मकवानपुरले जानकारी दिएको छ।

मुख्य समाचार राजनीति समाचार समाज