मकवानपुरगढीमा एमाले द्वारा स्वागत तथा पार्टी प्रवेश कार्यक्रम


१९ बैशाख , मक्रान्चुली- नेकपा एमाले मकवानपुरगढी गाउँकमिटीले मकवानपुरगढी ३ मक्रान्चुलीमा सोमबार बिहान स्वागत तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

हिजो मात्रै एमाले प्रवेश गर्नु भएका राप्रपाका नेताहरु खिलप्रसाद चौलागाईं , कृष्णबहादुर बिडारी , कृष्ण बन्जारा लगायतलाई एमाले मकवानपुरगढी गाउँकमिटीले स्वागत गरेको हो ।

कार्यक्रममा नवप्रवेशी नेताहरूले नेकपा एमालेको विशाल घरमा प्रवेश हुन पाएकोमा अत्यन्तै खुशी लागेको भन्दै अब एमाले कै नीति कार्यक्रममा मन , वचन र कर्मले लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । आफुहरु एमाले प्रवेश गर्न अझ ढिला गरेको भन्दै एमालेको झण्डा मुनि आबद्ध हुन अन्य पार्टीमा रहेका सम्पुर्ण महानुभावहरुलाई अनुरोध समेत गरेका छन् ।

एमाले मकवानपुरगढी गाउँकमिटीका अध्यक्ष रामजी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम एमाले मकवानपुर जिल्ला कमिटी सल्लाहकार संयोजक बलराम हुमागाँईको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा एमालेका जिल्ला तहका नेताहरू लगायत ३ नम्बर वडाका उमेदवारहरु लगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अन्य राजनीतिक पार्टीबाट केही ब्यक्तिहरु एमालेमा प्रवेश गरेका थिए ।

मुख्य समाचार राजनीति समाचार स्थानीय