फास्ट ट्रयाक अन्तरगत बकैयामा लोडर पल्टिंदा २ जनाको ज्यान गयो,४ जना घाइते


१९ बैशाख मक्रान्चुली- तराईलाई काठमाडौं सँग जोड्ने निजगढ- काठमाडौ दुत मार्ग (फास्ट ट्रयाक) अन्तर्गत  मकवानपुरको बकैयामा लोडर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। घटनामा परि ४ जना गम्भीर भएको मकवानपुर प्रहरीले जनाएको छ। घटना भएको ठाउँ बकैया-११ घट्टेपाख र लेनडाडाँ नजिक रहेको बताइएको छ ।

घाइते तथा मृतक फास्ट ट्रयाकमा काम गर्ने चिनिया नागरिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिएका छन ।घाइतेलाई उद्धार गरी हेटौंडा ल्याइएको जनाइएको छ। मृतक  र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।  

मकवानपुरको मकवानपुरगढी र बकैया गाउँपालिकाको दोसाँध फास्ट ट्रयाकमा काम गरिरहेको लोडर  एक्कासि सिमात खोलमा खस्दा लोडरमा रहेका ६ जना मध्ये २ जनाको मृत्यु भएको हो । ४ जना घाइते मध्ये एकको अवस्था गम्भीर रहेको जनाइएको छ।

मुख्य समाचार समाचार समाज स्थानीय