७६ जिल्लाको मतपत्र छपाई कार्य सम्पन्न

काठमाण्डौं : वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाई कार्य सम्पन्न भएको छ। आजबाट अन्तिम अर्थात् भक्तपुर जिल्लाको मतपत्र छपाई काम सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता, खारेजीलगायतका कार्यतालिका सम्पन्न गरेलगत्तै सम्पूर्ण जिल्लाका मतपत्र छपाईको काम सम्पन्न गरेर ढुवानीलाई अन्तिम चरणमा पुर्‍याएको जनाइएको छ ।

६ महानगरपालिका र भक्तपुर जिल्लाबाहेकका अन्य जिल्लाका लागि १ करोड ४५ लाख ८० हजार मतपत्र छापिएको आयोगका प्रवक्ता शालिकराम पराजुलीले बताए ।

स्थानीय तह निर्वाचन आउन ११ दिन मात्रै बाँकी छ ।

मुख्य समाचार राजनीति समाचार