साउदीमा एक सातामा १२ हजार ३४ जना गैरकानुनी कामदार पक्राउ

काठमाण्डौं : समाउदीमा गैरकानुनी कामदार पक्राउ भएका छन् । गैरकानुनी कामदारमाथि कडाइ गरेको साउदी सरकारले एक सातामा थप १२ हजार ३४ जना पक्राउ भएका हुन् ।

देशका विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लङ्घन गर्नेलाई पक्राउ गरिएको त्यहाँको राहदानी महानिर्देशनालय (जवाजत) ले जनाएको छ । पक्राउ पर्नेमा रेसिडेन्सी ऐन उल्लङ्घन गर्ने ७ हजार ५१५, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने करिब ३ हजार २ र श्रम कानुन उल्लङ्घन गर्ने १ हजार ५१६ भन्दा बढी रहेका छन् ।

राज्यमा सीमा पार गर्न खोज्दा जम्मा १९९ जना पक्राउ परेका थिए, जसमध्ये ४७ प्रतिशत यमनी, ३५ प्रतिशत इथियोपियाली र १८ प्रतिशत अन्य राष्ट्रका थिए भने ३९ जना राज्यको सीमा पार गरेर भाग्न खोजेको आरोपमा पक्राउ परेका थिए ।

यी मध्य कानुन उल्लङ्घन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने १२ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जवाजतलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ।

यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पुराएर देश निकाला गरिनेछ ।

परदेश