नेकपा एमाले हेटौडा १६ नं. वडाको घरदैलो सम्पन्न

हेटौंडा / आसन्न स्थानिय तह निर्वाचनको लागि आफ्ना उम्मेदवारहरुलाई मत माग्दै नेकपा एमाले हेटौडा उपमहानगर १६ नं. वडा कमिटिले ५ जना उम्मेदवारहरु सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

मतदाताबाट आफुहरुले माया सद्भाव प्राप्त गरेको र बैशाख ३० गते हुने मतदानबाट आफ्ना उम्मेदवारहरु भारी मतले बिजय हुनेमा ढुक्क रहेको नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटि सचिवालय सदस्य एवं वडा ईञ्चार्ज राजकुमार बास्तोलाले बताउनु भयो ।

वडा इन्चार्ज बास्तोलाले बैशाख २२ गते बिहान ७:०० बजे १६ नं. वडाको चिसापानि चोकमा नेकपा एमालेका मेयर पदका उम्मेदवार अनन्त पौडेल र उपमेयरका उम्मेदवार सुमित्रा काफ्ले सहितको वडा स्तरीय चुनावी सभाको तयारी पूरा भएको जानकारी दिनुभयो ।

मुख्य समाचार राजनीति स्थानीय