एमाले अध्यक्ष ओली सुदूरपश्चिम दौडाहामा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विहीवार सुदूरपश्चिम प्रदेश जानुहुने भएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत चुनावी सभालाई सम्बोधन गर्न ओली सुदूरपश्चिम प्रदेश जान लाग्नुभएको हो ।

 

बिहीबार कञ्चनपुर र कैलालीका तीन ठाउँमा आयोजना हुने चुनावी आमसभालाई ओलीले सम्बोधन गर्नुहुने गर्ने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आमासभाको आयोजना हुने नेकपा एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले जानकारी दिनुभयो ।

काठमाडौँबाट हवाईजहाजबाट धनगढी अवतरण गरेर ओली त्यहाँबाट सुरुमा हेलिकप्टरमार्फत बर्दगोरियाको कार्यक्रममा सहभागी हुने तय भएको छ । त्यसपछि दिउँसो २ बजे उहाँले कञ्चनपुरको बेलौरीस्थित खुलामञ्च आयोजना हुने आमसभालाई सम्बोधन गर्नुहुने छ । त्यसपछि ओलीले धनगढी पुगेर त्यहाँ आयोजना हुने आमसभालाई सम्बोधन गर्नुहुने तय भएको बताइएको छ ।

त्यसक्रममा ओलीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम पनि छ।

 

मुख्य समाचार राजनीति समाचार