मकवानपुरगढीमा कांग्रेसका उमेदवारद्वारा आफू एमाले रहेको भन्दै उम्मेद्बारी रद्द गरिदिन आग्रह


२२ बैशाख, मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसबाट महिला सदस्य उम्मेदवार रहेकी सुनमाया स्याङ्तानले आफूलाई कांग्रेसले जबरजस्ती उम्मेदवार उठाएको भन्दै उम्मेदवारी रद्द गर्न माग गरेकी छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी रद्द गरिदिन आग्रह गरेकी हुन् ।

उनले आफू जन्मजात नेकपा एमालेको संगठित सदस्य भएको भन्दै कांग्रेसले जबरजस्ती उम्मेदवारी दिन लगाएको बताएकी छन । उनले आफूलाई कांग्रेसको नीति तथा कार्यक्रमहरु कुनै पनि चित्तबुझ्दो नभएको समेत बताएकी छिन् ।

निर्वाचन कार्यालय मकवानपुरगढीमा दर्ता भएको उम्मेदवारी रद्द गर्न चाहेको भन्दै सुनमायाले आफू एमालेको नीति, विचार र सिद्धान्त मान्दै सांगठनिक गतिविधिमा अगाडि बढ्ने कुरा विज्ञप्ती मार्फत जानकारी गराएकी छन् ।

मुख्य समाचार राजनीति रोचक समाचार स्थानीय