गठबन्धनद्वारा आचारसंहिता विपरीत टिसर्ट र पेट्रोल वितरण,प्रहरीले गर्‍यो हस्तक्षेप


२६ बैशाख , हेटौंडा – निर्वाचन आचारसंहिता विपरीत हेटौंडा ७ मा गठबन्धनले आयोजना गरेको मोटरसाइकल र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्दै हरियो टिसर्ट र ५ लिटर पेट्रोल बाडेर गठबन्धनले आज मोटरसाइकल र्यालिको आयोजना गरेको बताइएको छ ।

निर्वाचन आयोगले आचारसंहिता विपरीत हेटौंडा ७ मा नेपाली काङ्ग्रेसको नेतृत्वमा बनेको गठबन्धन दलले र्यालिमा सहभागी हुन आउने मोटरसाइकललाई ५ लिटर पेट्रोल र सबैलाई हरियो रङ्गको टिसर्ट बाडेको छ ।

गठबन्धनले गरेको कार्यक्रममा निर्वाचन आचारसंहिताको उल्लंघन भएको भनी उजुरी परेपछी प्रहरीले र्यालिमा हस्तक्षेप गरेको जनाएको छ । इलाका प्रहरी कार्यलय पशुपतिनगरबाट आएको करिब ५० जनाको प्रहरी टोलिले र्यालिमा हस्तक्षेप गरि र्यालिमा सहभागीले लगाएको हरियो टिसर्ट खोल्न लगाएको छ । प्रहरीले टिसर्ट खोल्न लगाएपछी कतिपय युवाहरू सेन्डो मै घुमेका थिए ।

सत्ता र शक्तिको आडमा गठबन्धन दलले पटकपटक आचारसंहिता उल्लंघन गर्दै आएको छ । गठबन्धनले मतदातालाई आफ्नो पक्षमा ल्याउन चुनाव प्रचारमा हिड्ने महिलाहरूलाई साडि उपहार, मोटरसाइकल र्यालिमा ५ लिटर पेट्रोल बाड्ने हर्कत गर्दै आएको छ । जनपत्रबाट

बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार