काठमाडौंको बुढानिलकण्ठ १ मा एमालेको प्यानल नै विजयी


३१ वैशाख,मकान्चुली- नेकपा एमालेले काठमाडाैँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा विजयी हाँसिल गरेको छ । त्यहाँ एमालेको प्यानल नै विजयी भएको हो ।

भर्खरै सम्पन्न मतगणनामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामाको प्यानल नै विजयी भएको हो ।

लामाले ८५४ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ४७४ मत पाएका छन । मेयरमा बुढानिलकण्ठ १ मा एमालेको सूर्यले ७७८ मत प्राप्त गर्दा कांग्रेसको रूखले ४२८ मत मात्र प्राप्त गरेको छ ।

यस्तो छ मतपरिणाम:
एमाले(सुर्य)         कांग्रेस (रुख)
मेयर 778             428
उपमेयर 812       453
वडा अध्यक्ष 845  474
म सदस्य 830     485
द सदस्य 832      461
खुला सदस्य 802  458
खुला सदस्य 776  479

बागमती प्रदेश मुख्य समाचार राजनीति