हेटौंडाको मेयरमा मिना लामा ३९ मतले अगाडि,

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको हाल सम्मको मतगणनामा अहिले भने गठबन्धन अगाडि देखिएको छ । एमालेका उम्मेदवारले पछ्याउँदे छन् । हेटौंडामा मेयरका उम्मेदवारमा कहिले एमाले त कहिले गठबन्धनका उम्मेदवार पछीपर्नेक्रम पनि जारी छ । हेटौंडामा ५२६७ मत गणना हुदा ३९ मतले गठबन्धनकी उम्मेदवार मिना लामा अगाडि रहेकी छिन् । वडा नम्बर १,२,१८ र १९ को मतगणना अनुसारको उक्त मतपरिणाम सार्वजनिक भएको हो।


हेटौंडाको मेयर तर्फः
गठबन्धनका मीना कुमारी लामाः १५८९ मत
एमालेका अनन्त पौडेलः १५५० मत
राप्रपाका दिपक बहादुर सिंहः १४१४ मत


उपमेयर तर्फ
गठबन्धनका राजेश बानियाँः २२६३ मत
एमालेका सुमित्रा काफ्लेः १८९१ मत
राप्रपाका इन्दिरा डल्लाकोटी– ३९० मत

राजनीति समाचार