मकवानपुरगढीको ८ र १ वडामा कांग्रेसको प्यानल नै विजयी


१ जेठ,मक्रान्चुली- मकवानपुरगढीमा मतगणनाको परिणाम आउन थालेको छ । मकवानपुरगढी ८ को वडा अध्यक्षमा कांग्रेसका कुमार घिसिङ दोस्रो पटक बिजयी भएका छन् ।

उनले आफ्ना प्रतिष्पर्धीलाई ९८ मतले पराजित गरेका हुन् । घिसिङले ४४८ मत ल्याउँदा एमालेका बिनोद पुडासैनीले ३५० र माओवादीले २४४ मत ल्याएको छ । घिसिङ प्यानलसहित बिजयी भएका छन् ।

यसैगरी वडा नम्बर १ को वडा अध्यक्षमा पनि कांग्रेसका आईत सिह लो दोस्रो कार्यकालका लागी बिजयी भएका छन् ।

उनले आफ्ना प्रतिष्पर्धीलाई ३८४ मतले पराजित गरेका हुन् । लोले ७९३ मत ल्याउँदा एमालेको सुर्य चिन्हमा ४०९ र माओवादीले १६५  मत ल्याएको छ । वडा नम्बर १ मा आईत सिह लो को  प्यानलसहित बिजयी भएका छन् ।

बागमती प्रदेश मुख्य समाचार राजनीति