मकवानपुरको बकैया १ मा माओवादी प्यानल नै विजयी


३१ बैशाख,मकवानपुर- बकैया गाउँपालिका वडा नम्वर १ को अध्यक्षमा माओवादी केन्द्रका आशिष लामा बिजयी भएका छन् । उनी २ सय ७० मतान्तरसहित विजयी भएका हुन् ।

लामाले ७ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवारले ४ सय ४६ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदवारले ३ सय ८ मत प्राप्त गरेका छन् । बकैया-१ मा वडाध्यक्ष लामा सहित माओवादीको प्यानल नै विजयी भएको छ ।

बागमती प्रदेश मुख्य समाचार राजनीति