मकवानपुरको राक्सिराङमा कांग्रेस,माओवादी गठबन्धन विजयी

हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत मकवानपुरको राक्सिराङमा कांग्रेस,माओवादी नेतृत्व गठबन्धन विजयी भएको छ।
मंगलबार दिउँसो सम्पन्न मतपरिणाम अनुसार गाउँपालिकाका अध्यक्षका कांग्रेसका राजकुमार मल्ल र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार बनस्तम थिङ निर्वाचित भएका छन्।

मल्लले ५४८१ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बालुलाल स्याङतानले ४५७२ मत प्राप्त गरेका छन्।मल्लले ९०९ मतान्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन।त्यसैगरी उपाध्यक्षमा बनस्तम थिङले एमालेका उम्मेदवार सुन्तलीमाया प्रजा भन्दा ७१० मत बढि प्राप्त गरेका छन्। थिङले ४८३९ मत प्राप्त गर्दा एमाले उम्मेदवार प्रजाले ४१२९ मत प्राप्त गरेकी थिइन।यद्यपि निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरेको छैन्।

मुख्य समाचार राजनीति समाचार