मकवानपुरगढी ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिपेश दाहाल निर्वाचित

३ जेठ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिपेश दाहाल विजयी भएका छन् । दाहालले प्रतिद्वन्द्वी एमालेका वडाध्यक्षका उमेदवार निवर्तमान वडाध्यक्ष जितबहादुर घिमिरेलाई ४४८ मतको अन्तरमा प्यानल सहिस जित हाँसिल गरेका हुन ।

दाहालले कूल खसेको मत २ हजार २२८ मध्ये १ हजार १६९ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । त्यस्तै एमालेका जित बहादुर घिमिरेले ७२१ पाउँदा माओवादी केन्द्रका रत्नप्रसाद तिमल्सिनाले २३० मत प्राप्त गरेका छन् । १३ मत भने बदर भएको छ ।

यता गाउँपालिकाको अध्यक्ष पदमा त्यस वडाबाट गठबन्धनबाट साझा उमेदवार रहेका दोर्जे लामा स्याङ्तानलाई १ हजार ७९ मत प्राप्त हुँदा एमालेका विदुर हुमागाईंलाई ९९३ मत प्राप्त भएको थियो ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा गठबन्धनका तर्फबाट साझा उमेदवार रहेकी माओवादी केन्द्रकी मानकुमारी पाख्रिनले ९८७ मत प्राप्त गर्दा एमालेकी उमेदवार सन्तु थिङ्लाई ७८० मत प्राप्त भएको छ ।

अहिले वडा नम्बर ४ को मतगणना भइरहेको छ । प्राप्त जानकारी अनुसार मतगणनामा वडा अध्यक्ष सहित एमालेका उमेदवारहरु अगाडी रहेका छन् ।

बागमती प्रदेश मुख्य समाचार राजनीति