हल्दिबारीमा राप्रपा विजयी, अध्यक्षमा लिङ्देन पुनः निर्वाचित

झापा : हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन्द्रप्रसाद लिङ्देन पुनः निर्वाचित भएका छन् । नेकपा एमालेका डम्बरबहादुर गिरीलाई एक हजार १९० को मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।


उनले कूल मतको छ हजार ८५६ मत प्राप्त गरे भने निकटतम् प्रतिद्वन्द्वी गिरीले चार हजार ६६६ मत ल्याए । एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् । त्यस्तै अध्यक्षका उम्मेदवार बनेका कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दङ्गालले एक हजार १४९ मत प्राप्त गरे ।

मुख्य समाचार राजनीति समाचार