मतदान स्थगित भएका विभिन्न १५ ठाउँमा आज मतदान हुने

काठमाडौँ : वैशाख ३० गते मतदान स्थगित भएका विभिन्न १५ ठाउँमा आज मतदान हुने भएको छ। गण्डकी, कर्णाली र मधेशका विभिन्न स्थानमा आज मतदान हुन लागेको हो। तनहुँको व्यास नगरपालिका वडा नम्बर ४, हुम्लाको चंखेली नगरपालिका वडा नम्बर २, बाराको पचरौता नगरपालिका नेरा प्रावि वडा नम्बर २, श्रीनगर प्रावि र पचौतारा वडा नम्बर ४ मा आज निर्वाचन हुन लागेको छ।


त्यस्तै रौतहटको देवी गोनाही नगरपालिका वडा नम्बर १ र २, गढीमाई नगरपालिका ३ र ६, बौधिमाई नगरपालिका १, २, ९ र गरुडा नगरपालिका वडा नम्बर ७ मा निर्वाचन हुन लागेको हो। निर्वाचन सम्पन्न भएपछि आजै ती स्थानहरूमा मतगणना प्रारम्भ हुनेछ।

मुख्य समाचार राजनीति समाचार