शुक्रबार मकवानपुरमा बिहानै देखि मेघगर्जन सहित वर्षा

 

मकवानपुरगढी गाउँपालिकाको मक्रान्चुलीबाट खिचिएको तस्वीर

६ जेठ,मक्रान्चुली- मकवानपुरमा शुक्रबार आज बिहानै देखि सामान्य वर्षा भएको छ ।

मकवानपुर जिल्लाको हेटौंडा , मकवानपुरगढी , बकैया लगायतका ठाउँमा पानी परिरहेको हो । सामान्य मेघगर्जन सहित पानी परेको छ ।

वर्षाले किसानले लगाएको खेती तथा पशुपालनका लागि लगाइएको घाँसलाई फाइदा पुगेको छ । विगतको तुलनामा यस वर्ष अलि धेरै वर्षा भैरहेको छ ।

बागमती प्रदेश मुख्य समाचार समाज