मकवानपुरगढीमा जनप्रतिनिधिको पहिलो निर्णय: बिपन्न,घाईतेलाई सहयोग र गाउँपालिका उपाध्यक्ष शैक्षिक कार्यक्रम लागु गरिने


७ जेठ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङ्तानले पदभार ग्रहण गर्दै बिपन्न र घाईतेलाई सहयोग गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । अध्यक्ष लामाले नागरिक आवास कार्यक्रम अन्तरगत खरको छाना मुक्त गर्न छुटेका परिवारहरुमध्ये वडा नम्बर ५ का सुक लाल भ्लोनको परिवारलाई जस्तापाता उपलब्ध गराउने र लडेर खुट्टा भाँचिई उपचार गराईरहेका गढी १ का भिमसेन थोकरको आर्थिक अबस्था नाजुक भएकाले आर्थिक सहयोग उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिनले पदभार ग्रहण गर्दै लक्षित समुदायका छात्राहरुलाई सहजिकरण गर्ने उद्धेश्यका साथ गाउँपालिका उपाध्यक्ष शैक्षिक कार्यक्रम लागु गर्ने बताएकी छन् । उक्त कार्यक्रम अन्तरगत प्रत्येक वडाबाट लक्षित समुदायका १०-१० जना गरी गाउँपालिका भरिका ८० जना छात्राहरुलाई बार्षिक ८ लाख बजेट बिनियोजन गरि शिक्षामा खर्च गरिने बताएकी छन् ।

बागमती प्रदेश मुख्य समाचार समाज