फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य,पेट्रोल अब लिटरको १८० रुपैयाँ



८ जेठ,हेटौंडा – सरकारले पेट्रोलिय पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै आइतबार राति १२ पछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मुल्य वृद्धि भएको जनाएको हो ।

केही दिन अघि मात्र प्रति लिटर १० रुपैयाँ बढाएर १७० रुपैयाँ पुर्याइएको पेट्रोलको भाउ अब १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको भाउ १६३ रुपैयाँ पुर्याइएको छ ।

यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १६६ रुपैयाँ बढाइएको छ भने हवाई इन्धन (बाह्य) तर्फ १.५४५ यूएस डलर पुर्याइएको छ । यस्तै, एलपी ग्याँस प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँ पुर्याइएको छ ।

यो मूल्य वृद्धि हुँदा पनि निगमलाई अझै पेट्रोलमा १४.६४ रुपैयाँ र डिजेलमा प्रति लिटर २६.८२ रुपैयाँ घाटा रहेको जनाएको छ ।

अर्थ मुख्य समाचार