स्थानीय तह निर्वाचनबारे जानकारी दिन सोमवार दिउँसो कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौं । नेपाली कांग्रेसले सोमवार दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ ।

पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको कार्यालयका मुख्य सचिव डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो ।

पार्टीका प्रवक्ता प्रकाशशरण महतको उपस्थितिमा हुने पत्रकार सम्मेलनमा आगामी कार्यक्रम र योजनाका बारेमा समेत जानकारी दिइने छ ।

मुख्य समाचार राजनीति समाचार