अब वडाबाटै नागरिकता बनाउन पाइने

हेटौंडा/अब नागरिकता बनाउन जिल्ला धाउन नपर्ने भएको छ । सरकारले स्थानीय तहबाटै नागरिकता दिने व्यबस्था मिलाउन लागेको छ ।

सोमवार गृह मन्त्रालयमा गृह सुधार कार्ययोजना प्रस्तुत गर्दै गृहसचिव टेकनारायण पाण्डेले व्यक्तिगत विवरण लगायतका विषयलाई सम्बोधन गर्न लागि वडास्तरबाटै नागरिकता दिने तयारी थालेको बताएका हुन् ।जन्मदेखिका सबै विवरणहरूको तथ्यांकसहितको विशेष कार्ड उपलब्ध गराएर त्यसैका आधारमा स्थानीय तहबाटै नागरिकता बनाउने तयारी गरेको उनले बताए ।

अहिले खुला सिमानाका कारण नागरिकताको विषय उठेता पनि त्यसलाई व्यवस्थित गर्न नयाँ प्रविधिमैत्री विधि अपनाउन लागेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

अहिले वंशजको नागरिकताका सम’स्याहरू देखिएकाले त्यसलाई सम्बोधन गर्न र तथ्यांक केन्द्रीकृत गरेर केन्द्रबाट पनि निगरानी राख्नको त्यस्तो गर्न लागेको गृह मन्त्रालयले जनाएको छ ।

 

 

 

 

मुख्य समाचार राजनीति समाचार स्थानीय