काठमाडौं महानगरपालिका ताजा अपडेट : बालेनको अग्रता, स्थापित भन्दा सिंह ११ सय मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सुिरवाती देखी नै अग्रता कायम गरेको छ । बालेनले ४३ हजार ७५७ मत ल्याउ अग्रता बनाई रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेकी छन्।

यसैगरी नेकपा (एमाले)का केशव स्थापितले २४ हजार ५७८ मत ल्याएका छन् भने नेकपा एमालेका उपप्रमुखमा सुनिता डङ्गालले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा छिन्।उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन्।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ। अहिले वडा नम्बर ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ।अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ।

मुख्य समाचार राजनीति समाचार