माधब नेपाललाई चार सयॅ चालिस भोल्टको झट्का दिदै फेरि एमालेमै फर्कने झलनाथको तयारी,

प्रतिनिधिसभा २ पटकसम्म विघटन भएपछि झलनाथ खनाल तत्कालिन नेकपा हुँदा माधव नेपाल–प्रचण्ड कित्तामा उभिए । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतियो ।

पार्टी एकताअघिकै अवस्थामा दुबै पार्टी फर्किएपनि नेकपा एमालेभित्रको वि’वा’द साम्य हुन सकेन । अन्ततः माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी जन्मियो । खनाल पनि त्यतैतिर लागे ।

पछिल्लो समय भने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अध्यक्ष माधव नेपालसँग असन्तुष्ट रहेका छन् । एमसीसी परियोजना पास गर्ने बेलादेखि नै खनाल अध्यक्ष नेपालसँग रु’ष्ट बन्दै आएका हुन् ।

 

स्थानीय तह निर्वाचनमा पनि खनालले नेपाली कांग्रेसलगायत दलसँग तालमेले गर्दा आफूहरुले धो’का पाउने बताउँदै आए । तर, माधव नेपालकै जोडबलमा चुनावी तालमेल भयो । खनाल चुनावको माहोल सकिन नपाउँदै कांग्रेसबाट धो’का भएको र अब एमालेसँग तालमेल गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले नेपालका सबै कम्युनिष्टहरु एक हुनुपर्नेमा जोड दिँदै अब आफू पनि यस्तै अवस्था रहिरह्यो भने एकीकृत समाजवादीबाट वि’द्रो’ह गरेर एमाले फर्कने तयारीमा रहेको बताउन थालेका छन् ।

केही दिनअघि एक टेलिभिजन कार्यक्रममा मात्रै उनले कम्युनिष्ट शक्तिहरु एक हुनुको विकल्प नरहेको र नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्नुपर्ने भनेका थिए ।अब सबै कम्युनिष्टहरुले पूनर्विचार गर्नुपर्नेमा जोड दिँदै उनले एमालेलाई सिध्याउनको लागि आफूहरुले कुनै ष’ड्यन्त्र नगरेकोसमेत बताए

संघीय चुनावअघि नै एमालेसँग सहकार्य हुने सम्भावना रहेको भन्दै उनले त्यसो हुन नसके आफू मात्रै भए पनि नेकपा एमाले फर्कने र कम्युनिष्ट एकताको जग सुरु गर्ने बताएका छन् ।यस्तै एमाले अध्यक्ष ओलीले खनाललाई नेकपा एमाले फर्किएर कम्युनिष्ट एकताको पहलमा सहयोग गर्नसमेत आग्रह गरेको एक नेताले बताए । जवाफमा खनालले यदि कम्युनिष्ट एकताका लागि सहि मार्ग हो भने आफू नेकपा एमालेमा फर्कन कुनै समस्या नरहेको बताए ।

यस्तै स्थानीय तहको चुनाबमा अपेक्षा अनुसारको नजिता आत्मसाथ गर्न नसकेको निष्कर्षसहित एमालेका नेताहरुले माओवादी केन्द्रका नेताहरुसँगको छलफललाई निरन्तरता दिइरहेका छन् ।

 

 

 

Uncategorized राजनीति समाचार