हौसियो सत्ता गठबन्धन : संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल

स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन् ।

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको आउँदै गरेको परिणामबाट सत्ता गठबन्धन आबद्ध पाँचै दल हौसिएका हुन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा स्थानीय तहमा भएको तालमेल’ समीक्षा भएको थियो

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले स्थानीय तह निर्वाचनमा सोचे जति नतिजा नआए पनि आगामी निर्वाचनमा पनि सत्ता गठबन्धन सँगसँगै अघि बढ्ने बताए । आजको राजधानी दैनिकमा खबर छ ।

मुख्य समाचार राजनीति समाचार