बलात्कार घटनाको उजुरीका लागि हदम्यान तोकिन नहुने माग गर्दै हेटौंडामा प्रदर्शन



११ जेठ,हेटौंडा- बलात्कार घटनाको उजुरीका लागि हदम्यान तोकिन नहुने माग गर्दै हिजो बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शन गरिएको छ । बलात्कारीलाई फाँसीको माग गर्दै विरोध प्रर्दशन भएको हो ।

हेटौंडाको मुख्य चोकमा ओमन परिवारले बलात्कारको बिरोध जनाउंदै यस्तो माग गरेका हुन् । कुनै पनि बालिका/महिला  कुनै पनि समय बलात्कारको शिकार हुनसक्ने भन्दै यसको विरुद्धमा लागि सबै लाग्नुपर्ने सहभागीले बताएका छन् ।

हेटौंडाको बुद्धचोकमा बलात्कारीलाई फाँसी दे भन्दै विरोध प्रर्दशन गरिएको थियो । कार्यक्रममा दर्जनौं किशोरीहरू बलात्कार विरुद्ध कालो पट्टी,कालो पोषाकमा उपस्थित भएका थिए । उनीहरुले बलात्कारीलाई फाँसी दे, अर्को सुस्मिता म बन्न चाहन्नँ, अर्को भागिरथी म बन्न चाहन्नँ भन्दै नारा लगाएका थिए ।

बाल्यकालमा कोहि यौन शोषणको शिकार भएको छ भने बालिग भएपछि वा जुनसुकै उमेरमा पनि उजुरी गर्न मिल्ने ब्यवस्थाको माग अहिले चर्चाको बिषय बनेको छ ।

बागमती प्रदेश मुख्य समाचार समाचार समाज