हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको बहुमत, गठबन्धनलाई हराउदै एमालेका सबै ८ सदस्य निर्वाचित 

हेटौंडा / हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका सबै ८ सदस्यले बिजयी भएका छन ।यो सङ्गै कार्यपालिकाले पूर्णता पाएको छ ।
सत्ताधारी पाँच दलीय गठवन्धन र नेकपा एमालेबिच भएको निर्वाचन मा एमालेबाट ८ जना निर्वाचित भएसँगै कार्यपालिकामा एमालेको पूर्ण बहुमत समेत भएको छ ।

आइतबार भएको निर्वाचनमा पाँच दलीय गठवन्धनलाई पराजित गर्दै नेकपा एमालेको तर्फबाट विरबहादुर विश्वकर्मा, शंकर राई, अर्जुनबहादुर राई,पातली माया गोङबा,इश्वरी बिश्वकर्मा,रुकमिणी स्याङतान,मंजु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुन् । विजयी सबैले समान ५० मत प्राप्त गरेका थिए ।

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका २९ सदस्यीय रहेको छ । जसमा मेयर, उपमेर सहित १९ जना वडाध्यक्ष र आज निर्वाचित ८ जना कार्यपालिका सदस्यहरु रहने गर्दछन् ।

अब कार्यपालिकामा नेकपा एमालेबाट १७ सदस्य पुगेको छ भने नेपाली कांग्रेसबाट उपमेयर सहित ९, नेकपा एकिकृत समाजवादीबाट मेयर सहित दुई तथा नेकपा माओवादी केन्द्रबाट एकजना वडाध्यक्षमात्र रहेका छन ।

हेटौंडा उपमहानगरपालिकाको नगरसभामा पनि ५१ सदस्य सहित एमाले स्पष्ट बहुमतमा रहेको छ ।

मुख्य समाचार राजनीति समाचार स्थानीय