बागमती प्रदेशको युवा नीतिको मस्यौदामाथि छलफल


हेटौंडा / बागमती प्रदेश युवा परिषदले प्रदेश युवा नीतिको मस्यौदामाथि छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार हेटौंडामा भएको कार्यक्रममा कार्यक्रममा सहभागी सरोकारवाला युवाहरुले प्रदेशभित्र रहेका युवाहरुहरुको क्षमता विकास गर्दै रोजगारी, उधमसिलता र उत्पादनमा जोड्ने नीति आवश्यक रहेको सुझाव दिएका थिए ।

कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले प्रदेशको युवा नितिको मस्यौदामा छलफल सुरु भएको बताउँदै युवा नितिमा सबै युवाहरुको आवाज र भावना सहितको सुझाव समेटने जानकारी दिनुभयो ।
त्यस्तै प्रदेश युवा नीतिका मस्यौदा निर्माणकर्ता प्रकाश बिकल्पले नीतिको उदेश्य, लक्ष्य र त्यसभित्र समेटिएको विषयबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका निवर्तमान उपाध्यक्ष माधव ढुङ्गेल, प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछाने लगायत सरोकारवाला क्षेत्रका प्रतिनिधिहरुको सहभागिता थियो ।
प्राप्त सुझावहरुको आधारमा नीति थप परिमार्जन गर्दै पारित गरिने प्रदेश युवा परिषद बागमतीका उपाध्यक्ष सन्तोष चौँलागाईले बताए ।

बागमती प्रदेश मुख्य समाचार समाचार समाज स्थानीय