वाग्मती प्रदेश सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

वाग्मती प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै छ । दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । यही वैशाख १३ गतेदेखि वाग्मती प्रदेशसभाको दशौँ अधिवेशन सुरु भएको छ । यो बजेट अधिवेशन हो ।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति