अष्ट्रेलियाको मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम प्रतिनिधित्व

काठमाडौं । अष्ट्रेलियामा नयाँ मन्त्रिपरिषद् विस्तार भएको छ । नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले नयाँ मन्त्रिपरिषद् विस्तार  गरेका हुन् ।  लेबर पार्टीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा ३० जना मन्त्री भएका छन् । तीमध्ये १३ जना महिला रहेका छन् । आदिवासी समुदायबाट लिन्दा बर्नी पहिलो मन्त्री बनेकी छन् ।  त्यस्तै अष्ट्रेलियाको इतिहासमा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । एद हसिक र अन्ना अलीले मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषदमा सहभागी हुने ऐतिहासिक अवसर पाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । लेबर पार्टीले एक्लै बहुमत ल्याएपछि प्रधानमन्त्री एन्थोनीले एकल मन्त्रिपरिषद् गठन  गरेका हुन् ।  लेबर पार्टी यसअघि नौ वर्ष प्रतिपक्षमा रहेको थियो ।

अन्तराष्ट्रिय