हेटौंडा–११ सरस्वती खोला नजिक भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु

हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–११ सरस्वती खोला नजिक भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवनको रत्ननगर–८ का ३१ बर्षीय सन्दिप अर्याल रहेका छन् । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना२त २९५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई खोल्सामा पल्टिदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको जनाईएको छ ।

समाज