बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आव ०७९÷०८० को नीति तथा कार्यक्रम बहुमतले स्विकृत भएको छ ।
प्रदेशसभामा नीति तथा कार्यक्रमलाई निणर्याथ प्रस्तुत गर्दा बहुमतले स्विकृत भएको हो । नेकपा एमालेसहितका प्रतिपक्षी दलले नीति तथा कार्यक्रमको विपक्षमा ध्वनी मत दिएपछि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
यसअघि सांसदहरुले राखेको संशोधन प्रस्ताव बहुमतले अस्विकृत भएको थियो ।

Uncategorized प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार