विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत राजपानी पार्कमा बृक्षारोपण कार्यक्रमको आयोजना

हेटौंडा / टोल बिकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले मा विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत हेटौंडा ८ राजपानी पार्कमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।५० औं बिश्व बाताबरण दिवसको अबसरमा टोल बिकास संस्था वडा समन्वय समिति हेटौंडा ८ को समन्वय एवं ब्यबस्थापनमा ऐतिहासिक लोकतान्त्रिक पार्क राजपानीमा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।

“सबैको साझा पृथ्वी” भन्ने मूल नाराका साथ सप्ताहाब्यापी कार्यक्रमको तेस्रो कार्यक्रमको रुपमा राजपानी पार्कमा १५० फलफुलको बोट बिरुवा रोपिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष एवम् विश्व वातावरण दिवस मूल आयोजक समारोह समितिका संयोजक ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बृक्षारोपण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्य मन्जु भुर्तेल, जिल्ला युवा समितीका अध्यक्ष शिबहरि दाहाल, हेटौंडा ८ का वडा सदस्यहरु गोरखनाथ राय तथा रिता मङ्राती, हेटौंडा उपमहानगरपालिका सामाजिक बिकाश महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, नगर समन्वय समितिका उपाध्यक्ष गङ्गा प्रसाद पौडेल, उपमहासचिव तथा हेटौंडा ५ का वडा सदस्य ज्ञान बहादुर थापा, नगर समन्वय समितीका सचिब देब कुमार श्रेष्ठ र शुशिला मल्ल, कोषाध्यक्ष चन्द्रावती अधिकारी, हेटौंडा उपमहानगरपालिका बाताबरण शाखा प्रमुख शान्ती बिक, नगर समन्वय समितिका सदस्यहरु जुना मल्ल, शान्ती श्रेष्ठ, अन्जु अधिकारी, ज्ञानेन्द्र देबकोटा, मनिशा घले, राजु अधिकारी, गोतामे मोक्तान, टोल बिकास संस्था ८ नं वडा समन्वय समिती संयोजक बिष्णु अर्याल, राजपानी पार्कका सचिब बोल बाहादुर कार्की लगायत बिभिन्न टोल बिकास संस्थाका अध्यक्ष एवं पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सप्ताहब्यापी कार्यक्रमको चौथो कार्यक्रमको रुपमा बिहीवार ४० माइक्रोन भन्दा कम तौलको प्लास्टिक झोला प्रतिबन्ध सम्बन्धि अन्तर्कृया कार्यक्रमको आयोजमा गरिएको टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिबहरि दाहालले जानकारी दिनुभयो ।
नगर समन्वय समितीका अध्यक्ष अधिकारीले टोल बिकास संस्था नगर समन्वय समिती हेटौंडा उपमहानगरपालिकाको हरेक बर्षको जेष्ठ २२ गते बिश्व बाताबरण दिवसलाई सप्ताहब्यापी रुपमा बाताबरण संरक्षणका बिबिध कार्यक्रमको आयोजना गरेर मनाउने गरेको जानकारी दिनुभयो ।

मुख्य समाचार समाचार समाज स्थानीय