४० माइक्रोन भन्दा मुनिको प्लास्टिकमा लगाइएको प्रतिबन्ध बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

हेटौंडा / टोल बिकास संस्था नगर समन्वय समिती, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा ४० माइक्रोन भन्दा मुनिको प्लास्टिकमा लगाइएको प्रतिबन्ध बिषयक सरोकारवाला संघ संस्था बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

५० औं बिश्व बाताबरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत बिहिबार हेटौंडा ४ स्थित रोयल प्यालेसमा सरोकारवाला बिछ अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरकृया कार्यक्रममा श्रोत ब्यक्ती राममाया श्रेष्ठ र हेटौंडा उपमहानगरपालिकाका बाताबरण इन्जिनियर चन्दा खडकाले
उपमहानगरपालिकाको आयोजनामा ४० माइक्रोन भन्दा मुनिको प्लास्टिकमा लगाइएको प्रतिबन्ध तथा हेटौंडा नगरको बाताबरण संरक्षण र सरोकारवालाहरुको भुमिकाबारे सहजीकरण गर्नुभएको थियो ।

नगर समन्वय समितिका अध्यक्ष धुर्ब अधिकारीको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा मकवानपुर उध्योग बाणिज्य संघका उपाध्यक्ष प्रमोद सिङ्ग रानाभाट, उध्योग संघका उपाध्यक्ष बद्रीनाथ शर्मा, चेम्बर अफ कमर्शका अध्यक्ष माधब न्यौपाने, खुद्रा किराना ब्यबसायी संघका अध्यक्ष कुल प्रसाद चौलागाईं, हेटौंडा उपमहानगरपालिका बाताबरण शाखा प्रमुख शान्ती बिक, हेटौंडा ५ का वडा सदस्य ज्ञान बहादुर थापा, हेटौंडा ४ का वडा सदस्य गिता त्रिपाठि, हेटौंडा १ की वडा सदस्य मनु दाहाल, हेटौंडा २ की वडा सदस्य तारा ढुंगाना, हेटौंडा टोल बिकास संस्था नगर समन्वय समितीका उपाध्यक्षहरु सीता बिष्ट तथा गङ्गा प्रसाद पौडेल, महासचिव शिबहरि दाहाल, सचिबहरु राजेन्द्र चौलागाईं तथा देब कुमार श्रेष्ठ, कोषाध्यक्ष चन्द्रावती अधिकारी, सचिवालय सदस्य जुना मल्ल, पुन्यबती घिमिरे, सदस्यहरु शान्ती श्रेष्ठ, अन्जु अधिकारी, मनिषा घले, राजु अधिकारी, रामचन्द्र दाहाल, रामचन्द्र अर्याल, हरिगोपाल सापकोटा, ज्ञानेन्द्र देबकोटा, केशब अर्याल, माया पौडेल,
लगायत, वडा समन्वय समितिका अध्यक्ष एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सप्ताहब्यापी कार्यक्रमको पाचौं कार्यक्रमको रुपमा शुक्रबार बिहान हेटौंडा बजार सरसफाइ कार्यक्रमको आयोजना गरिने र कार्यक्रम बिहान बसपार्कबाट सुरु गरिने टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिबहरि दाहालले जानकारी दिनुभयो ।

“सबैको साझा पृथ्वी” भन्ने मूल नाराका साथ यस बर्षको वातावरण दिवस मनाउन लागिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष एवम् विश्व वातावरण दिवस मूल आयोजक समारोह समितिका संयोजक ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अध्यक्ष अधिकारीले टोल बिकास संस्था नगर समन्वय समिती हेटौंडा उपमहानगरपालिकाको हरेक बर्षको जेष्ठ २२ गते बिश्व बाताबरण दिवसलाई सप्ताहब्यापी रुपमा बाताबरण संरक्षणका बिबिध कार्यक्रमको आयोजना गरेर मनाउने गरेको जानकारी दिनुभयो ।

मुख्य समाचार समाचार समाज स्थानीय