जनप्रतिनिधि बिदुर हुमागाईको नेतृत्वमा भानु माविमा पुर्व विद्यार्थी संगठन गठन

२२ जेठ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको भानु माविमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुको संगठन गठन गरिएको छ । आइतबार विद्यालयमा भएको भेलाले विद्यालयका पुर्व विद्यार्थी तथा वडा नम्बर ३ का नवनिर्वाचित जनप्रतिनिधि वडा सदस्य बिदुर हुमागाईको संयोजकत्वमा ९ सदस्यीय पुर्व विद्यार्थी संगठन तदर्थ समिति गठन गरेको हो ।

संगठनको सदस्यहरुमा हेमबहादुर योन्जन , सुनिल पाख्रीन , घनश्याम घिमिरे , राजकुमार दुलाल , सुवास अधिकारी , जानुका दाहाल , चन्द्रबहादुर योन्जन र शान्त प्रसाद दाहाल रहेका छन् ।

विद्यालयका पुर्व विद्यार्थी तथा वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेको अध्यक्षतामा भएको भेलामा भानु माविका ब्यवस्थापन समिति अध्यक्ष तथा गाउँपालिकाको नवनिर्वाचित उपाध्यक्ष मानकुमारी पाख्रीनको प्रमुख आतिथ्यता रहेको थियो ।

मुख्य समाचार समाज स्थानीय