टोल बिकास संस्था नगर समन्वय समितिद्वारा तेश्रो चरणको क्षमता बिकास तालिमको आयोजना

 

हेटौंडा / टोल बिकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले टोल बिकास संस्थाका अध्यक्ष तथा पदाधिकारी लक्षित तेश्रो चरणको क्षमता बिकास तालिमको आयोजना गरेको छ ।

नगर समन्वय समितीले हेटौंडा उपमहानगरपालिका वडा नं ६, ७ र १६ नं वडामा गठन भएका ४५ वटा टोल बिकास संस्थाहरुको अध्यक्ष, सचिब तथा कोषाध्यक्षहरुका लागि नेतृत्व बिकास तालिम कार्यक्रमको आयोजना गरेको हो ।

तालिममा टोल बिकास संस्थाको आबस्यकता, महत्व, नेतृत्व बिकास, उद्द्घोषण कला, भाषण कला, माइन्युट लेखन, बैठक संचालन, योजना छनौट प्रक्रियामा टोल बिकास संस्थाको भुमिका, टोल बिकास संस्थाको लेखा ब्यबस्थापन लगायतका बिषयमा यहि जेष्ठ २४गते देखि २६गते सम्म सन्चालन गरिएको तालीममा टोल बिकास संस्था नगर समन्वय समितीका महासचिव शिबहरि दाहाल र सचिब देबकुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

नगर समन्वय समितीका अध्यक्ष ध्रुब अधिकारीको अध्यक्षतामा भएको तालिमको समापन तथा प्रमाणपत्र बितरण कार्यक्रम हेटौंडा उपमहानगरपालिका ४ नं वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

मुख्य समाचार समाचार समाज स्थानीय