सन्दीप र कुशलको वरीयता खस्कियो

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रहेका अनुभवी स्टारद्वय सन्दीप लामिछाने र कुशल मल्लको व्यक्तिगत वरीयता खस्किएको छ। कप्तान लामिछानेको टी-२० वरीयता एक स्थान खस्किएको छ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सन्दीपको बलिङ वरीयता एक स्थान तल झर्दै ३९ औं स्थानमा रहेका छ।बलिङतर्फ नेपालका अविनाश बोहरा ८९ औं स्थानमा रहेका छन्।

ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको वरीयता पनि  खस्किएको छ।कुशल ३८ औं स्थानमा झर्दा दीपेन्द्रसिंह ऐरी ४० औं स्थानमा झरेका छन्। ब्याटिङतर्फ नेपालका आसिफ शेख ९९ औं स्थानमा रहँदा अलराउण्डरतर्फ दीपेन्द्रको वरीयता १० औं स्थानमा यथावत् छ।

खेलकुद