६०.२२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : पछिल्लो एक हप्ताभन्दा बढी समयदेखि घट्दै आएको नेप्से परिसूचक बुधबार उच्च अंकले वृद्धि भएको छ।बुधबार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१५ अंक र सेन्सेटिभ इण्डेक्स ३.८० अंकले बढेको छ।

बुधबार कारोबारमा आएका २३१ कम्पनीको ५० लाख ५ हजार कित्ता शेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबार नेप्सेसँगै कारोबार रकममा समेत सुधार भएको छ। मंगलबार १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

बुधबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ।  जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ५.०३ प्रतिशत बढेको छ।

अर्थ