फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोल अब लिटरको १७८ रुपैयाँ



२६ जेठ
मूल्य वृद्धिको व्यापक बिरोध भएपछि केही दिन अघि मात्र नेपाल आयल निगमले प्रती लिटर १० रुपैयाँ घटाएको पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको हो ।

अन्तराष्ट्रिय बजारमा उच्च दरले मुल्य बृद्धि भएको तथा इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो । पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ ।

अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १६५ रुपैयाँ पुगेको छ । एलपी ग्यास तथा हवाई इन्धनको मूल्य भने बढेको छैन ।

मूल्य समायोजन पछि पनि पेट्रोलमा अझै २४ रुपैयाँ ७० पैसा तथा डिजेलमा १८ रुपैयाँ ०१ पैसा घाटा रहेको निगमको दाबी छ । मट्टिेतलमा भने प्रतिलिटर १७ रुपैयाँ ०१ पैसा नाफा छ ।

अर्थ मुख्य समाचार