हेटौंडा अस्पताल : सहजै न उपचार न रिफर ? कष्ट भोग्न बाध्य छन् बिरामी

२६ जेठ , हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको सरकारी अस्पताल हेटौंडा अस्पतालमा उपचार सेवाका लागि पुग्ने बिरामीहरुले धेरै नै कष्ट भोग्नु परिरहेको बताएका छन् ।

अस्पताल पुग्ना साथ सेवा लिन शुरु हुने स्थान टोकन लिने ठाउँ देखि अन्तिममा औषधि लिने ठाउँ सम्म नै बिरामीहरु घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ । अझै घण्टौंसम्म लाइनमा बसेर पालो आएपछि औषधि लिने बेलामा डाक्टरले लेखीदिएको औषधि त्यहाँ नपाउँदा बिरामी थप मारमा पर्ने गरेका छन् ।

अस्पतालले छिटो छरितो उपचार सेवा नसक्दा स्वास्थ्य बिमा भएका बिरामीले अन्य अस्पतालमा जान रिफर माग्दा रिफर दिन पनि आलटाल गर्ने गरेको बिरामीको गुनासो छ । न उपचार गर्न सहज ? न त अन्य अस्पताल जान सजिलै रिफर पाइने ? बिरामी पर्दा उपचार गर्न पनि असहज परेको उनीहरुको भनाई छ ।

हेटौंडा अस्पताल बिरामीहरुको उपचारकेन्द्र हो कि ! यातना केन्द्र ? भनेर सामाजिक संजालमा संजाल प्रयोग कर्ताले व्यंग्य समेत गरेका छन् ।


सेवाग्राहीले उपचारका लागि टिकटको सहजता , डाक्टर जाँच सहित अन्य सेवाको सहजता र औषधि प्राप्तिका लागि सम्बन्धित फाँटको चेकअप भएकै कोठाबाट उपलब्ध हुनुपर्ने माग समेत गरेका छन् ।

यसैबीच, यसै विषयलाई लिएर कांग्रेस हेटौंडानगर कार्य समितिले ध्यानाकर्षण भएको जनाउदै ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।

बिहीबार बिहान हेटौंडानगर सभापति उत्सव इटेनी नेतृत्व टोलीले हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई भेटेर बिरामीले पाएको सास्तीको बारेमा ध्यानाकर्षण गराउदै तत्काल अस्पतालको समाधान गर्न सक्ने ७  बुँदे प्रस्ताव सहित  ध्यानाकर्षणपत्र बुझाएको हो।

नगरसभापति ईटेनीले अस्पतालमा मेसु डाक्टर सापकोटालाइ वागमती प्रदेशको राजधानी हेटौंडाको एक मात्र सरकारी अस्पतालमा देखिएको समस्या र बिरामीले उपचारका क्रममा भोगेको झन्झटलाई छिटो भन्दा छिटो  समाधान गर्न अनुरोध गरेका थिए।

विगत केही दिनदेखि बिरामीले  उपचार गर्न,प्रयोगशाला परीक्षण प्राप्त गर्न,औषधि लिन दुई दिन लाग्यो भन्दै समाचार र  सामाजिक सञ्जालमा आएको कुराले  चौतर्फी आलोचना भएपछि कांग्रेस हेटौंडानगर कार्यले अस्पतालनै पुगेर यस विषयमा चासो लिदै समस्या समाधान गर्न अनुरोध गरेको हो।

कांग्रेस हेटौंडानगरले अस्पतालको विषयमा गराएको ध्यानाकर्षणमा अस्पतालका निमित्त मेसु सापकोटाले भवन र जनशक्तिका कारण उक्त समस्या देखिएको स्वीकार गर्दै छिट्टै समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

बागमती प्रदेश मुख्य समाचार समाचार स्वास्थ्य