मिटरब्याजी तेलीलाई पक्राउ गर्न प्रधानमन्त्री देउवाको निर्देशन 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । 

मिटरब्याजी तेलीले सप्तरीका विपन्न परिवारमाथि चर्को ब्याज थोपरेर शोषण गरेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले तत्काल पक्राउ गर्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री देउवाले शुक्रबार बिहान गृहमन्त्री खाँडलाई निर्देशन दिएका हुन् ।

मुख्य समाचार