सार्वजनिक सवारीको भाडा पुन: बढ्यो 

काठमाडौं । सार्वजनिक सवारी साधनको भाडा पुन: बढेको छ । 

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक सवारीको भाडा पनि बढेको यातायात व्यवस्था विभागले जनाएको छ । 

विभागले अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको सूचना जारी गर्दै जानकारी गराएको हो । 

विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशतले भाडा बढेको हो ।

मुख्य समाचार